बसको ठक्करबाट महिलाको मृत्यु
Published:
by .
तनहुँ । तनहुँमा यात्रुवाहक बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। व्यास नगरपालिका–१४ छाब्दीकी ४० वर्षीया गोमा पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सदरमुकाम दमौलीबाट छाब्दी मन्दिर जाँदै गरेको ग १ ख २७०३ नम्बरको यात्रुवाहक बसले गोठमा काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।छाब्दी मन्दिर नजिकको उकालोमा ब्रेक फेल भई बस पछाडि हट्न जाँदा गोठमा काम गरिहेको अवस्थामा पन्थलाई ठक्कर दिएको लामिछानेले बताए।
उनका अनुसार बसले च्यापिएर गम्भीर घाइते भएकी पन्थको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Comments