आकासमा दुई विमान जुध्दा ७ जनाको मृत्यु
Published: (Updated: )
by .काठमाडौं । अचानक भएको विमान दुर्घटनामा परेर ७ जनाको ज्यान गएको छ । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेपछि दुर्घटना भएको हो । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको बताइएको छ । इन्का सहरको केन्द्रभागको आकाशमा दुर्घटना भएको भएको हो ।
क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ । ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका हुन् ।
हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । आकाशमा ठक्कर खाएपछि दुई विमान मैदानमा खसेका थिए । मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् ।
ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेख्नु भएको छ ।
Comments