मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो
Published: (Updated: )
by .
चितवन । मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्य भएको छ।
भरतपुर महानगरपालिका वडा नं.२३ का ४० वर्षीय सूर्यबन्दु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट शिवघाटतर्फ गइरहेको ना ५५ प ३५६८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलले सिवघाटमा ठक्कर दिँदा मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।
Comments