Sajhamanch Archive

ललितपुरमा दिदी र बहिनीलाई बलात्कार गर्ने दुई आरोपी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

ललितपुर । ललितपुर जिल्लामा बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन् । दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन् ।

घरमा कोही नभएका बेला बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हाे।

यिनै दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजनालाई समेत पनि प्रहरीले पक्राउ गरेको छ । जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडितमध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो ।

मण्डललाई पक्राउ परेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो । पीडित बालिकाले आफूहरूलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेकी गरिन् । त्यसपछि प्रहरीले उनीलाई दाइ र भाइलाई समेत पक्राउ गरेको हो ।

तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार बताएकी छन् । खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

सातदोबाटो वृत्तमा  चारैजना विरुद्ध जाहेरी परेको छ। आरोपी खड्काले दुबै बालिकालाई टीभी हेर्ने बहानामा कोठामा लगेर जबरजस्ती करणी गरेको ललितपुर प्रहरीसमक्ष पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *