Sajhamanch Archive

देशभर फिटनेस भेहिकल सेन्टर स्थापना गर्छौं : अर्थमन्त्री खतिवडा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सडक सुरक्षाका सरकारले भेहिकल फिटनेस सेन्टर स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

आजबाट राजधानीमा सुरु भएको सवारी साधनहरुको मेला नाडा अटो शोलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले प्राथमिकतासाथ देशै भर भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने जानकारी दिए ।सडक सुरक्षा प्रभावकारी बनाउन सरकारले विद्यमान कानुनी झञ्झटहरु परिमार्जनका लागि प्रयास थालेको पनि उनले बताए ।

‘सडक सुरक्षा सरकारको मुख्य प्राथमिकतामा छ, यसका लागि सुरक्षाका लागि विद्यमान कानुन पुनर्मूल्याकंन गर्न सुरु गरिएको छ’ अर्थमन्त्री खतिवडाले भने । अर्थमन्त्री खतिवडाका अनुसार सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसंग मिलेर सडक सुरक्षाका लागि काम गरिरहेको छ ।

सडकमा सञ्चालनमा रहेका गाडी कति सुरक्षित छन् भनेर गरिने जाँच केन्द्रलाई भहिकल फिटनेस सेन्टर भनिन्छ । काठमाडौं टेकुमा सरकारले स्थापना गरेको नेपालकै पहिलो फिटनेस सेन्टर सञ्चालनमा छ ।

सरकारले सातै प्रदेश तथा मुख्य राजमार्गमा यस्तो सेन्टर सञ्चालनमा ल्याउने घोषणा गरे पनि कार्यन्वयनमा भने आउन नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् । भेहिकल फिटनेस सेन्टरले सवारी दुर्घटना दर घटाउने विश्वास गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *