Sajhamanch Archive

जबरजस्ती करणी अभियोगमा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मकवानपुर । मकवानपुरमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका वडा नं.१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *