Sajhamanch Archive

अफवाह फैलाइएको भन्दै प्रचण्ड सचिवालयको आपत्ति

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएर कुनै घटना नभएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगल आफ्नो फेसबुक अकाउन्टमार्फत सो जानकारी दिएका हुन् ।

सापकोटाले अध्यक्ष प्रचण्डप्रति केही कुत्सित मानसिकता भएका तत्वहरुले अफवाह फैलाउन खोजेको बताउँदै सो कार्यप्रति खेद समेत प्रकट गरेका छन् । उनले भनेका छन्, ‘अध्यक्ष क. प्रचण्डप्रति केहि कुत्सित मानसिकता भएका तत्वहरूले अफवाह फैलाउन खोजेकोप्रति खेद व्यक्त गर्दछु। कुनै केहि घटना नभएको सबैमा जानकारी पनि गर्दछु ।’

मंगलबार सिंहदरबार आगाडि प्रचण्डमाथि सांघातिक हमलाको प्रयास भएको भन्ने अपुष्ट समाचार बाहिर आएपछि सचिवालयले सो हल्ला फैलाउनेहरुप्रति खेद प्रकट गर्दै त्यसको खण्डन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *