Sajhamanch Archive

थुनुवाको उपचारको क्रममा मृत्यु

Published: in समाज by .

महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए ।

थुनुवा ठाकुरको बुधबार बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो ।

मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *