बालुवा धोएर सुन
Published:
by .काठमाडौं। कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् ।
कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् ।
बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् ।
यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीवार्ती कर्णाली किनार हो । अन्नपूर्ण पोस्ट् दैनिकबाट।
Comments