Sajhamanch Archive

तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौँ। नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महिनामा दु्रतमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेको छ ।
हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि आगामी सन् २०८१ सालसम्म दु्रतमार्ग निर्माण हुने लक्ष्य राखिएको छ । नेपाली सेनाका द्रुतमार्ग परियोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले सरकारले दिएको समयावधि र डीपीआरमा उल्लेख मितिभन्दा अगाडि नै सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण भइरहेको दाबी गरे । गोरखापत्र दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *