Sajhamanch Archive

अनुहारमा चमक ल्याउन यस्तो घरेलु उपायहरु

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by .

सुन्दर देखिने रहर नहुने सायद को होला ? हामी मध्ये धेरै त विहानीको सुरुवात नै ऐना वा मोवाइलको क्यमेरमा अनुहार हेरेर मात्रै सुरु गर्छौँ होला । एक सब्दमा भन्नु पर्दा सुन्दर र स्वस्थ जीवन सबैको चाहना हो ।

आफ्नो अनुहार सुन्दर देख्दा मन मनै खुसि हुनेहरुको संख्या पक्कै पनि ठुलै छ । तर अनुहारमा केही खराबी देखियो रु निरासाले हामीलाई पुरै दिन सताउने गर्छ । सुन्दर रहन महिला धेरै चाहन्छन् भनिएपनि आजकाल पुरुष पनि कम छैनन् ।

महिलाका मात्रै नभई पुरुषका समेत सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्ति बढ्दै छ । कमाइको ठूलै हिस्सा अचेल सौन्दर्यमा खर्च गरि पनि रहेका छन् । तर सुन्दर देखिन केमिकल युक्त प्रसाधनमा खर्च गर्नु भन्दा यस्ता घरेलु उपाय अपनाउन सके दोहोरा क्षतिबाट जोगिन सकिन्छ ।

यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गरेर त हेर्नु होस् । तर यो संगै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग गर्न भने हुदैन् ।

दिनमा केही समय आराम गरे वा केही समय आँखा बन्द गरेर सुते अनुहारको चमक फर्किन्छ । डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । कागतीको रसमा गुलाबजल हालेर आवश्यक्ता अनुसार अनुहारमा लगाए १५ दिनमा यसको फाइदा देख्न सकिन्छ ।
डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्।

कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउँदा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।

यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।

यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ।
तर तपाईको छाला चिल्लो छ भने चाँही के गर्ने रु यही सोच्दै हुनु हुन्छ भने तपाईको लागि समेत केही उपायहरु छन् ।

छाला चिल्लो छ भने बेसनको पीठो काँचो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *