ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व
Published:
by .
चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउनु अहिलेको चुनौती रहेको बताएका छन् ।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन चुनौती रहेको तर त्यो पूरा गर्न सकिने बताए ।
उनले अहिले वार्षिक करिब १५ लाख पर्यटक नेपाल आइरहेकाले पाँच लाख पर्यटकको संख्या वृद्धि गर्नुपर्ने भएको भन्दै पूर्वाधार निर्माण र प्रचार–प्रसारमा जोड दिएर लक्ष्य पूरा गर्न सकिने दाबी गरे ।
अर्को एक प्रसंगमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताए ।
विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत् यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे ।
उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए ।
Comments