‘लागु औषध खुल्लमखुल्ला !’ : नेबिसंघ झापा
Published:
by .झापा । खुल्ला सीमानाका कारण भारतबाट लागुऔषध भित्रिरहेकोले यसको नियन्त्रणका लागि नेपाल विद्यार्थी संघ झापाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती नेतृत्वको एक समूह जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बिहीबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
सामाजिक परिवर्तनका लागि अनवरत संघर्ष गर्दै आएको नेपाल विद्यार्थी संघले जिल्लाका विभिन्न औषधी पसलबाट नशालु औषधीहरु बिक्री वितरण भइरहेको पनि संकेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा यस्तो अवैधानिक काम गरिरहँदा पनि प्रशासन बेखबर रहेको पाइएकाले सोको नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।
Comments