Sajhamanch Archive

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत भेटिए

Published: in राष्ट्रिय समाचार, समाज by .

वीरेन्द्रनगर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् ।

बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय भन्दा बढी गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले २३ वटा गाई मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दैलेखका किसानले पाल्छु भनेकाले गाई लैजान अनुमति दिएको बताए । ‘यहाँ कान्जी हाउसमा धेरै गाईहरु थिए, खाने कुरा पुर्‍याउन पनि समस्या भएको थियो, किसानहरुले पाल्छु भनेकाले लैजान अनुमति दिएका हौं’ उनले भने ।’

एक अनुसन्धान अधिकृतले भने, ‘प्रहरीले ५ वटा शंकास्पद गाडीलाई समेत नियन्त्रणमा लिइसकेको छ ।’ घटनामा संलग्न हुनसक्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी बताउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *