Sajhamanch Archive

करेन्ट लागेर महिलाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

गम्भिर घाइते अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल पुर्‍याएको थियो । अस्पतलमा उपचारको क्रममा उनको निधन भएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *