एक नम्बर प्रदेशका मुख्यमन्त्रिबाट आफनै सरकारको आलोचना
Published:
by .विराटनगर । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले भाषण र बैठकहरुमा बोल्दै आएपनि प्रदेशमा शुसासनको अवस्था गन्जागोल रहेको बताउदै आफैले आफनो सरकारको आलोचना गरेका छन ।
आज एक नम्बर प्रदेश सभाको शुसासन तथा योजना समितिले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै मुख्य मन्त्री राईले बोल्ने शैलीमा भ्रष्टचार र अनियमिता अन्त भएपनि व्यवहारको शैलीमा तालमेल मिल्न नसकेको भन्दै आफैले आफनो सरकारको आलोचना गरेका हुन ।
व्यवहारमा शुसासन कायम हुन नसके गणतन्त्र र संघियता बाँच्न नसक्ने भन्दै मुख्य मन्त्री राईले बिगतमा शुसासनबारे ख्याल नगरेकै कारण जनताले संघियताको बिकल्प रोज्न बाध्य भएको बताए ।
उनले प्रदेश सरकारका आफु मातहतका मन्त्रि र कर्मचारीहरुलाई सचेत गराउदै भने ,– ‘राणाशासन पछि प्रजातन्त्र अनि पञ्चायत फेरि बहदुल अनि फेरि राजतन्त्रको अन्त र संघिय गणतन्त्रको स्थापना केकालागि ?’मुख्य मन्त्रि राईले शुसासनकालागि,इमान ,प्रतिबद्धता ,ईन्छा शक्त्तिको खाँचो पर्ने बताउँदै जनताले सेवाप्रवाहमा नयाँ पनको अनुभूति नगरेसम्म शुसासन कायम हुन सक्दैन भने ।
उनले जनताको काम अल्झाउने , सूचना लुकाउने , आलटाल गर्ने तरिका अब कदापी सुहाउदैन भन्दै पुरानो क्यालेण्डरबाट काम गर्ने शैलीबाट मुक्त्त हुन कर्मचारी र मन्त्रिहरुलाई आग्रह गरे ।
मन्त्रि राईले जनताले अनुभूति गर्नेगरि मन्त्रालय तहबाटै थालनी गर्न निर्देशन पनि गरे । उनले प्रदेश सरकारले भ्रष्टचारलाई शुन्य सहनशिलतामा राखेकोले कसैले अनियमिता र ढिलाई गरे कुनैपनि हालतमा सहन गर्न नसक्ने चेतावनी दिए । प्रदेश सरकारका मन्त्रि , सभामुख , दलका नेता , साँसद र बिज्ञहरु समेत सहभागी भएको उक्त्त कार्यक्रममा कठोर भन्दै भने ,– ‘मैले आपनो नम्बर सार्वजनिक गरिसकेको छु तथ्य सहित कसैले भ्रष्टचारको सूचना दिएको एक घण्टाभित्र म कसैलाई पनि कडा कार्वाही गर्न बाध्य हुन्छु ।
’ मन्त्रि राईले पुरानो मानसिकता र व्यवहारको शैलीमा सुधार ल्याउन प्रदेश सरकारले नयाँ क्यालेण्डर बनाएर काम थालेको जानकारी दिदै पत्रकाहरुलाई समेत सहभागी गराएर प्रगतीको समिक्षा गर्न थालेको बताए ।
बजेट खर्च गरेको र सेवा प्रदान गरेको प्रगती देखाएर मात्र शुसासन कायम हुन सक्दैन भन्दै मन्त्रि राईले अब प्रत्यक्ष सेवाको अवस्था बुझनेगरि जनतासँग संबाद कार्यक्रम संचालन गराइरहेको जानकारी पनि गराए ।
Comments