Sajhamanch Archive

यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने युवा जेल चलान

Published: in राष्ट्रिय समाचार, समाज by .

स्याङजा । यौनाङ्ग देखाई अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिकाका एक युवा जेल चलान भएका छन् ।

महिलाहरुलाई यौनाङ्ग देखाएर अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिका वडा नं.५ का २८ वर्षीय बाबुराम विक कारागार चलान भएका हुन् । आरोपितले धरौटी बापतको रकम बुझाउन नसकेपछि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

विकलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा मुद्धा दर्ता गरेको हो । विकले साउन २२ गते दिउँसोको समयमा महिलालाई यौनाङ्ग देखाई अभद्र व्यवहार गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले विकसँग ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीककृष्ण भण्डारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *