एक करोड २६ लाख चाेर्ने चिनियाँ नागरिकहरू पक्राउ
Published: (Updated: )
by .
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए ।
Comments