Sajhamanch Archive

कमल गाउँपालिकामा पतञ्जलिको तिज मिलन कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कमल । पतञ्जलि योग समिति कमल गाउँपालिकको आयोजनामा आइतबार तिज मिलन कार्यक्रम २०७६ सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ स्थित सिंहदवी मन्दिरको प्राङ्गणमा भएको तिज मिलन कार्यक्रममा रुपमा दिदी बहिनीहरुले नाचगान, लघुनाटक समेत प्रस्तुत गरेर तिज मनाएको समितिले जनाएको छ । कार्यक्रममा दिदीबहिनीहरुलाई दर पनि खुवाइएको थियो ।

समितिका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रममा तिज मनाउन संसारमा यो ठाउँमा हुँदैन भन्ने कही छैन, जहाँ नेपाली चेली पुगेका छन् त्यस ठाउँमा संसारभर तिजका कार्यक्रम मनाउने गरेको प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

देशका युवाहरु सवै विदेश गएका छन् । अहिले युवाको संख्या दिनानुदिन कम हुँदै गएकोले वृद्धवृद्धालाई वृद्धाश्रममा लगेर राख्ने चलनको विकास भएको बताउदै यसले समाज नकारात्क असर पुग्ने भएकोले यसको अन्त्य हुनुपर्ने काफ्लेले बताईन् ।

कार्यक्रम सिंहदेवी मन्दिरका अध्यक्ष भोला कोईराला, पतञ्लि योग समिति झापा जिल्ला सदस्य उमानाथ भण्डारी प्रदेश नम्वर १ का युवा प्रभारी बाबुराम बस्नेत लगायतले तिज विषेश कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई ईन्दिरा गौतम र भगवती राईले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *