Sajhamanch Archive

बसको ठक्करबाट मोरङमा एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

मोरङ । मोरङमा बसको ठक्करबाट आज विहान एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।

विहान साढे ७ बजेतिर ना२ख ५२२७ नम्बरको बसको ठक्करबाट इलाम चुलाचुली गाउँपालिका वडा नंं.६ की ८० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको हो ।

बसबाट ओर्लिएर बाटो काट्ने क्रममा मिक्लाजुङ गाउँपालिका वडा नं.७ मधुमल्लामा सोही बसले राईलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारका क्रममा साढे ८ बजे उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *