Sajhamanch Archive

विद्यार्थीहरुसँग वार्ता गर्न त्रिवि पदाधिकारीलाई शिक्षामन्त्रीको निर्देशन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुसँग सम्वाद थाल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० र काठमाडौं विश्वविद्यालयमा ताला लगाएका छन् । आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ ।

परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका छन् । उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत भनेका छन् ।

उनले काठमाडौं विश्वविद्यालयलाई पनि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न निर्देशन दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *