Sajhamanch Archive

फरार अभियुक्तलाई पक्रिन प्रहरीले हान्यो गोली

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं  ।  चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

 ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।  आज नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो। गोली लागी घाइते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि उपचार गरिँदै छl

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *