मोरङको नमूना सामुदायिक वनबाट ३ थान बन्दुक फेला
Published:
by .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा ३ थान भरूवा बन्दुक बरामद भएको छ ।
प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहरीले जनाएको छ ।
वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले प्रहरीको गस्ती टोली देखेपछि छाडेर भागेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
Comments