तिज कुनै जाति धर्म विशेषको नभई एकताको डोरीः अध्यक्ष काफ्ले
Published:
by .
कमल । हिन्दु नारीहरुको महानचाड हरितालिका तिज सोमबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
कमल गाउँपालिका ३ मा रहेको नवोदय सहकारी संस्थाले आँखा शिविरको कार्यक्रमको आयोजना गरी तिज मनाएको छ ।
सस्थाले विहान दमक स्माईन डेन्टल क्लिनिक र पाथिभरा चश्माघर तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा आफ्ना सदस्यहरुको आँखा तथा दात सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । दिउँसो स्थानिय भजन किर्तन मण्डलीको उपस्थितिमा नाचगान, संगिनी तथा तिज विशेष चेतनामुलक नाटक प्रदर्शन गरेर तिज मनाएको संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले जानकारी दिए ।
प्रस्तुत गरिएका नाटक मध्ये पतन्जली योग समिती कमल गाउँपालिका प्रथम र पाथिभरा भजन कीर्तन मण्डली द्वितीय भएको र संगिनी नृत्य तृतीय भएको निर्णायक मण्डलका सदस्य मधुसुधन अधिकारीले जानकारी दिए ।
तिज कुनै जाति धर्म विशेषको नभई सबै नेपालीलाई एकताको डोरीले बाध्ने पर्वको रुपमा मनाउन थालिएको प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् । यो पर्व आज मात्र मनाउन थालिएको होईन हिजो देखिनै आफ्नो संस्कार र संस्कृतिलाई जोगाउँदै आएको बेला पछिल्लो समय केहि भड्किलो भएकोले यसको अन्त्य गर्न आश्यक रहेको अध्यक्ष काफ्लेले बताईन् ।
कार्यक्रममा स्थानिय संघसस्थाका प्रतिनिधी, सुरक्षाकर्मी लगायत दुई दर्जन बढीको उपस्थिती रहेको थियो । कार्यक्रम ईन्दिरा गौतम र हरिमाया दाहालले सन्चालन गरेका थिए ।
Comments