Sajhamanch Archive

अझै तीन साता मनसुन सक्रिय, आज देशभर मेघगर्जन र चट्याङसहित वर्षा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । नेपालमा अझै तीन सातासम्म मनसुन सक्रिय नै रहने मौसमविद्हरुले बताएका छन् । आज बिहानैदेखि देशभर मनसुन सामान्य बदली रहेको जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

आउँदो तीनदिनसम्म मौसम बदली रहे पनि लगातार झरीको सम्भावना भने कम रहेको जनाइएको छ । आगामी करिब तीन साता अर्थात् यही सेप्टेम्बर २३ तारेख सम्म मनसुन कायम रहने भएकोले त्यतिञ्जेलसम्म वर्षा भइरहने सम्भावना रहेको बताइएको छ ।

आज राति देशका अधिकांश स्थानहरुमा सामान्य देखिपूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि दिउँसो पनि देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *