स्याङ्जाको हरिनासमा बावु छोराको हत्या
Published:
by .
स्याङ्जा । स्याङ्जाको हरिनासमा बावु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
हरिनास गाउँपालिका वडा नं.३ मग्यामचिसापानी ललईका ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजनको हत्या भएको प्रहरीले जनाएको छ ।
सोमबार राति घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।
एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तिले हतियारले हानिरहेको देखेको बताइन ।
Comments