प्रधानमन्त्री र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फरेन्स
Published:
by .काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।
कुनै एजेण्डामा निर्णय नभए पनि आआफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले बताए ।
मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।
Comments