Sajhamanch Archive

क्याम्पसमा शक्तिशाली वि’स्फोटमा ५ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको कार बम वि’स्फोटनमा पाँच व्यक्तिको ज्यान गएको छ । यस घटनामा ५० जना भन्दा धेरै घाइते भएका छन् । तालिबानले यस आक्र’मणको जिम्मेवारी लिएको छ । यो आक्र’मण अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालय भएको ठाउँलाई ध्यानमा राखेर गरिएको थियो । तालिबानले उक्त आक्र’मणको जिम्मेवारी लिदैं वि’स्फोटलाई ‘विदेशी सेना’ लाई लक्षित गरेर गरिएको भनेको छ ।

अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ता नुसरत रहीमीले घटना काबुल प्रहरी जिल्ला ९ (पीडी ९) मा एक स्थानीय आवासीय क्षेत्रको नजिक भएको जानकारी दिएका छन् । ग्रीन गाउँ नजिकै एक वि’स्फोट भएको छ । यो एक ठूलो क्याम्पस हो जसमा राहत सहायता एजेन्सीहरू र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालयहरू रहेका छन् ।

वि’स्फोट हुनुभन्दा केही घण्टा पहिले अमेरिकी राजदूत जल्माय खलीलदले अफगान सरकारलाई भनेका थिए कि अमेरिकाले ५ महिना भित्र ५ हजार सेनालाई अफगानस्तान छोड्न आदेश जारी गर्न सक्छ । यसको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृति आवश्यक छ । खलीलजादले अफगानिस्तानका राष्ट्रपतिलाई आश्वासन दिए कि उनी सम्झौताको निकट नजिक पुगेका छन् ।

खलीलजाद आइतबार साँझ कतारबाट आइपुगेदेखि राष्ट्रपति अशरफ घनीसँग दुई पटक भेटिसकेका छन । उनले भने कि सम्झौता अन्तर्गत पहिला ५ हजार अमेरिकी सेना १३५ दिन भित्र अफगानिस्तानको पाँच स्थानबाट अमेरिका फिर्ता लैजान सक्छ । हाल अफगानिस्तानमा करीव १४ हजार सैनिकहरू छन् ।

काबुलको ग्रीन गाउँ सधैं आतंककारीहरूको निशानामा पर्दै आएको छ । धेरै विदेशीहरू यहाँ बस्छन् । जनवरीमा कंपाउन्डलाई लक्षित गरेर एक आत्मघा’ती कार बम आ’क्रमण भएको थियो । त्यस घटनामा चार व्यक्ति मरे र धेरै घाइते भए । अमेरिकी राजदूत जाल्मे खलीलजादले अफगान सरकारलाई तालिवानसँगको वार्ताका बारे जानकारी दिदैं अमेरिकाले लामो युद्ध अन्त्य गर्न चाहेको बताएका थिए । वार्ताका लागि राजधानी भ्रमण गरिरहेका बेला उक्त वि’स्फोट भएको हो ।

काबुलमा १७ अगस्तको रात विवाह समारोहमा एक आत्मघा’ती वि’स्फोट भएको थियो । त्यस घटनामा करीव ६३ व्यक्ति मारिए, जबकि १८२ व्यक्तिहरु घाइते भएका थिए । घटना दारुलमान क्षेत्रमा भएको थियो । अल्पसंख्यक शिया हजारा समुदायका धेरै मानिसहरू यहाँ बसोबास गर्छन् ।

यो महिना काबुलमा यो दोस्रो आ’क्रमण हो । अगस्ट ८ मा भएको वि’स्फोटले १४ व्यक्तिको मृत्यु भएको थियो । उक्त घटनामा १४५ जना घाइते भएका थिए । तालिवानले पश्चिमी क्षेत्रमा अफगान सुरक्षाकर्मीलाई लक्षित गरेर आ’क्रमण गरेको थियो । यसको लागि कार प्रयोग गरिएको थियो ।

अफगानिस्तानमा सेप्टेम्बर २८ मा चुनाव हुँदैछ । यस सम्बन्धमा अमेरिका र तालिबानबीच चलिरहेको वार्तासँगै हिंसा बढेको छ । संयुक्त राज्य अमेरिकाका विशेष प्रतिनिधि जल्माय खलीलजादले तालिवानसँगको ८औं चरणको वार्ता गरेका छन् । खलीलजादले यो शान्ति वार्ता एकदमै सकारात्मक भएको बताए ।

उनले भने कि कुनै पनि परिस्थितिमा अमेरिकाले अफगानिस्तानको भूमीमा अन्तर्राष्ट्रिय आतंकवादको आधारमा तालिबानको नियन्त्रणलाई अनुमति नदिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले सन २०२० मा अफगानस्तानबाट आफ्ना सैनिक फिर्ता लिन चाहेको उल्लेख गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *