Sajhamanch Archive

आफुले चलाएको जीप बाटोमा नचलेपछि पेट्रोल छर्केर आगो लगाएपछि…..

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । रिस भनेको मान्छेको जीवनमा सबैभन्दा खतरा कुरा हो । यदी हामीले रिसलाई काबुमा राख्न सकेनौ भने जे पनि दुर्घटना हुनसक्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । सोमबार कोठरिया रोड क्षेत्रमा एक युवकले आफ्नै जीपमा पेट्रोल छर्केर आगो लगाइदिए ।

धेरै प्रयास गर्दा पनि जीप सुचारु नभएपछि रिसाइएका युवकले यस्तो कार्य गरेका हुन् । आफ्नै कार जलाउने इन्द्रजित सिंहलाई पुलिसले नियन्त्रणमा लिएको छ । यो घटना भारत गुजरातको हो । अहिले सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । ति व्यक्ति अटो पार्ट्सको पसल चलाउँछन् ।

फायर ब्रिगेडका एक अधिकारीले भने कि जब आगजनीको खबर आयो तब कर्मचारी जीपको आगो निभाउन घटनास्थल पुगेका थिए । त्यहाँ पुगेका जवानलाई ति युवाले भने कि ‘यो जल्न देऊ । पानी नथप्नुहोस् ।’ यो सम्पूर्ण घटनाको भिडियो तस्बिर सोशल मीडियामा भाइरल भइरहेको छन् ।

भिडियोमा युवकले पहिलोपटक आफ्नो जीपमा पेट्रोल छर्केको दृश्य देखाइएको छ । त्यसपछि सलाई कोरे र आगो लगाए । स्थानीयहरूले दिएको जानकारी अनुसरा युवक जीपमा जाँदै थिए तर जीप कोठारिया क्षेत्रमा रोकिए र सुरु भएन । यो बीचमा उनलाई रिस उठ्यो अनी आफ्नै जीपमाथि आगो लगाउन भ्याए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *