प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गर्यो
Published:
by .
पर्सा । वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् ।
उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिए ।
उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।
सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए ।
Comments