सर्पको टोकाइबाट दुई महिलाको मृत्यु
Published:
by .
सुनसरी । सर्पले डसेर सुनसरीको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ।
कोसी गाउँपालिका–७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको विषालु सर्पले डसेर मृत्यु भएको छ। यादवलाइ मंगलवार दिउँसो घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा सर्पले खुट्टामा डसेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो।
यसैगरी हरिनगर गाउँपालिका–१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ। मंगलवार राति घर छेउमै विषालु सर्पले डस्दा सिकिस्त भएकी खातुनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो। उनको अस्पताल पुयाउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Comments