Sajhamanch Archive

दुर्घटनाबाट बच्यो सीता एयरको जहाज

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।

आज बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार आज बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो ।

कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *