Sajhamanch Archive

छिमेकीको कुटाइबाट वृद्धको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

गोरखा । छिमेकीको कुटाइबाट गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.१ को साम्देमा एक वृद्धको ज्यान गएको छ ।

६७ वर्षीय तेन्जेन दोर्जे लामाको ३७ वर्षीय छिमेकी निमा दोर्जे लामाको कुटाइबाट ज्यान गएको प्रहरीले जनाएको छ । बालुवा चोरेको विषयमा आरोपप्रत्यारोप हुँदा निमाले तेन्जेनलाई कुटपिट गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।

‘घर बनाउने काममा बलुवा चोरेको भनेर झगडा भएछ, बिहान एकपटक कुटेर फेरि साँझमा पनि कुटपिट भएछ’, उनले भने, ‘गम्भीर घाइते उनको मुख र नाकबाट रगत बगेर ज्यान गएको जानकारी आएको छ ।’

घरायसी उपचार गर्दागर्दै तेन्जेनको ज्यान गएको अधिकारीले बताए। तेन्जेनको शव पोष्टमर्टमका लागि हेलिकप्टरबाट आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने प्रयास भैरहेको उनले बताए । घटनास्थल सदरमुकामबाट ७ दिनको पैदल दूरीमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *