स्याङ्जामा जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित तीन जनाको ज्यान गयो
Published: (Updated: )
by .
बुटवल । पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङमा आज दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरेका अनुसारमृतक मध्ये एक जनाको नाम खुलेको छ भने अन्यको नाम ठेगाना खुल्न सकेको छैन।मृतक ११ महिनाकी बालिका पनसन परियारको सनाखत भएको हो ।
जीपमा सवार २८ जनामध्ये बालिकाको घटनास्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । यस्तै केहीलाई भने गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।
पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।
Comments