Sajhamanch Archive

बालशिक्षकहरुको तलब बृद्धिको माग गर्दै बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । राष्ट्रिय प्रारम्भिक शिक्षक संगठनले तलब भत्ता बढाउन माग गर्दै बिर्तामोड नगरपालिकाकालाई ज्ञापन पत्र बुझाएको छ ।

बालशिक्षकहरुले बिभिन्न नौ बुँदे मागसहित बिर्तामोड नगरपालिका प्रमुख धुब्रकुमार शिवाकोटीलाई सो ज्ञापन पत्र बुझाएका हुन् । नेपाल शिक्षक महासंघ नगर कमिटी र नगर शिक्षा शाखा बिर्तामोडलाई पठाईएको बोधार्थपत्रमा बालबिकासमा कार्यरत शिक्षकको दरबन्दी कायम गर्न, बर्तमान तलब भत्ता तथा महंगी भत्ता बृद्घि गर्न ,बालबिकासमा कार्यरत शिक्षकहरुको सेवासर्त लगायतका माग राखिएको छ ।

अध्यक्ष कमला लम्साल सह–सचिव बिन्दा बुढाथोकीले संयुक्त हस्ताक्षरित पत्र नगर प्रमुख शिवाकोटीलाई बुझाउँदै तत्तकाल सम्बोधन गर्न आग्रह गरेका हुन् । सामुदायिक बिद्यालयमा कार्यरत बाल शिक्षकहरुको समस्या समाधान गरी स्थानिय तहले निर्माण गर्ने ऐन तथा निती निर्माण गरी नेपाल सरकारले उपलब्ध गराएको सेवा सुबिधा साथै पोसाक बापत दिदै आएको पुरै रकम उपलब्ध गराउन समेत माग गरेका हुन् ।गत बर्ष तिनहजार रुपैयातलब बृद्धि गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *