Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाले भन्योः शाहीले अभिव्यक्ति सच्याउनु पर्छ

Published: in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आफु भष्ट्राचार विरुद्धको अभियान्ता ठान्ने ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रति कुनै सत्यता नरहेको जनाएको छ । नगरपालिकाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त अभिव्यक्तिको खण्डन गरेको हो ।

मिति २०७६ साल भाद्र २१ गते शनिबार बिर्तामोड झापामा भएको कार्यक्रममा ज्ञानेन्द्र शाहीले जिल्लाका १५ वटै स्थानीय तहमा जनप्रतिनिधिले गरेको बेरुजु र अन्य कार्यालय सञ्चालन खर्चलाई मोजमस्ती शीर्षक दिएर शिवसताक्षी नगरपालिकाको नाम तोकेर अभिव्यक्रि दिएका थिए ।

यथार्थ नबुझी वा बुझ्न नखोजी अपुष्ट विवरणका आधारमा प्रचार गरिएको उनको भाषणमा सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ । यस नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरुलाई नगरको सिमित श्रोत र साधनको भरपुर उपयोग गर्दै विकास र सम्बृद्धि पहिलो एजेण्डा बनाई जनतालाइ सँगसँगै अगाडी बढाइरहेको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएको छ।

गत आर्थिक वर्ष २०७४र०७५ को मलेप डोरले सामाजिक सुरक्षा भत्ता बैकमार्फत वितरण गर्नुपर्नेमा विविध कारणले नगरका वडाले नगदै वितरण गरेको हुँदा उक्त रकमलाई शाहीले भ्रष्टचारमा तुलना गरेकोले नगरपालिकाले दुःख व्यक्त गरेको छ ।

नगरपालिकामा प्राप्त हुने वार्षिक सामाजिक सुरक्षा भत्ता वापतको १० करोड ७५ लाख १९ हजार रुपैयाँ नियमित गर्नुपर्ने भनी औल्याएको बेरुजु रकमलाई शाहीले भ्रष्टाचारमा तुलना गरी असान्दर्भिक र झुटो विवरण पेस गरेर सर्वसाधरणलाई झुक्याएको प्रवक्ता इजमले विज्ञप्तिमा उल्लेख गरेका छन् । शाहीले औल्याएको बेरुजु रकम उपर आव २०७५र०७६ देखि नगरपालिकाले अनिवार्य बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई अनिवार्य बैंक मार्फत वितरण गर्नुपर्ने नीति रहेको हुँदा बैंकिङ्ग प्रणालीबाट भुक्तानी प्रक्रिया भैसकेको जनाएको छ । उल्लेखित औल्याएको बेरुजु उपर आ.व. २०७५र०७६ देखि नगरपालिकाले अनिवार्य बैंक मार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस नगरपालिकामा समायोजन भै आएका विभिन्न पद तथा विधाका कर्मचारीहरु सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु तथा नगरको कार्यवोझका आधारमा नियुक्त गरिएका कर्मचारीहरुको तलब भत्ता सेवा सुविधा कानुन सम्बत तोकिएको नगरपालिकाले जनाएको छ । स्थानीय जनप्रतिनिधिहरुको सेवा सुविधा प्रदेश सरकारले निर्धारण गरेको छ । नियम बमोजिम पाउने सेवा सुविधाको रकमलाई मोजमस्ती शिर्षक खर्च भनि निम्न स्तरको शब्द प्रयोग भएको पाइएको हुँदा प्रस्तुतीको शैली तथा शब्दावली सच्याउन शाहीलाई आग्रह गरिएको छ ।

तथ्यहिन एवं भ्रमपूर्ण उत्तेजित भाषणबाट जनमत प्राप्त जनप्रतिनिधिहरुलाई अपमानित गर्ने शब्दको प्रयोग गरि जनमत माथि नै धावा बोल्ने, जनतालाई भ्रमित पार्ने कुचेष्टा राखी आएको अभिब्यक्तिको भत्सर्ना गर्दै यस्ता भ्रामक भाषणबाजिको कुनै औचित्य नरहेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

प्रेश विज्ञप्ती

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *