दसैंमा घरजाने यात्रुका लागि सडक मर्मत
Published:
by .काठमाडौं। सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ ।
असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।
निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । कारोबार दैनिकबाट।
Comments