Sajhamanch Archive

मारवाडी सेवा समिति विर्तामोडको पद हस्तान्तरण तथा रजत उत्सव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । स्थापनाको रजत उत्सव मनाइरहेको सामाजिक संस्था मारवाडी सेवा सािति विर्तामोडको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

स्थानीय अग्रसेन भवनमा बिहीबार बेलुकी आयोजित रजत वर्ष तथा नवौं पदहस्तान्तरण समारोहमा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले नवनिर्वाचित अध्यक्ष पवन अग्रवाल (खेडिया)–लाई पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष भद्रपुरेकै अध्यक्षतामा सम्पन्न समारोहमा नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक शिवकुमार अग्रवालले पदको सपथ गराएका थिए ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्ष राहुल शर्मा, सचिव दिपेन्द्रकुमार अग्रवाल (मित्तल), सहसचिव गौरीशंकर गुप्ता (टिंकु), कोषाध्यक्ष भगवानदास सिंगल, सदस्य प्रविण अग्रवाल, प्रमोद अग्रवाल, यज्ञराज अग्रवाल –विकास), विजय गोयल (बुलबुल), अरुण चौधरी, मांगीलाल अग्रवाल र वेदप्रकाश मित्तलले ससपथ लिएका थिए ।

संयोजक बाबुलाल वंशलले स्वागत र कोषाध्यक्ष मोहनकुमार मित्तलले सञ्चालन गरेको सञ्चालन गरेको समारोहको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष कैलाशचन्द गोयलले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।

‘सेवा नै धर्म हो’ भन्ने शास्वत मन्त्रलाई शीरोपर गर्दै क्रियाशील मारवाडी सेवा समिति विर्तामोडले २५ औं रजत उत्सवमा समितिलाई सहयोग पुर्याउने सामाजिक व्यक्तित्व तथा दानवीर जग्गादाता, पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने नवनिर्वाचित समिति, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी युवती मञ्च, मारवाडी कन्या मञ्चले निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’लाई सम्मान गर्यो ।

विर्तामोडका समाजसेवी जग्गादाता परशुराम ढकाल, सकुन्तलादेवी गोयल, सावित्रीदेवी अग्रवाललाई प्रमुख अतिथि गोयल, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैगरी, संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल, पूर्व अध्यक्ष स्व. रतिराम अग्रवाल र स्व. हनुमानदास गोयललाई मरणोपरान्त सम्मान गरियो भने पूर्व अध्यक्षहरु दिनेशकुमार मित्तल, सुरेश वंशल, बाबुलाल अग्रवाल, राजु शर्मा पारिकलाई सम्मान गरिउको थियो ।

सांगीतिक प्रस्तुतिसमेत रहेको समारोहमा राष्ट्रिय मारवाडी महिला संगठनको केन्द्रीय अध्यक्षमा हालै निर्वाचित निर्मला जोशीलाई पनि विशेष सम्मान गरिएको थियो भने समितिले प्रकाशन गरेको रजत स्मारिका पनि विमोचन गरिएको स्मारिका प्काशन समितिका सम्पादक गौरीशंकर गुप्ता टिंकुले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *