Sajhamanch Archive

झापा बस्तु तथा सेवा उपभोक्ता संरक्षण संघको बार्षिक साधारणसभा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा बस्तु तथा सेवा उपभोक्ता संरक्षण संघको पाँचौ बार्षिक साधारणसभा आइतवार अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष रामबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रीय सदस्य नेत्र राई रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि अर्जुनधारा नगरपालिका वडा नं. ५ ध्यानबहादुर भारती रहेका थिए ।

स्वागत संघका प्रदेश नं. १ उपाध्यक्ष प्रकाशचन्द्र उप्रेतीले गरेको कार्यक्रममा अध्यक्ष राईले प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष राईद्धारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ संघले माटोको स्वास्थ्य सुधार अभियान, कौशी खेती जडिबुटी उद्धान केन्द्र, भान्सा नै औषधालय, हाम्रो शहर सुन्य फोहर, फोहोरलाई मोहर जस्ता तालिम साथै वडा कमिटि गठन गरेको छ । त्यस्तै २८ बुँदे भान्सा नै औषधालय घोषणा र आर्थिक बर्ष २०७६÷०७७ मा गरिने कार्यक्रमका बिषयमा साधारणसभामा जानकारी गराइएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष टेकबहादुर गिरीले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्य शुल्कबापत ५ लाख, स्थानीय तह र विभिन्न संस्थाबाट अनुदान १२ लाख, कार्यक्रमबाट १५ हजार र बन उपभोक्ता समुहबाट २ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । त्यस्तै खर्चतर्फ तालिम गोष्टी सहकारी समुहहरुलाई ९ लाख ५७ हजार, परिचयपत्र वितरणमा ८५ हजार, सरकारी निकायहरुमा छलफल अन्र्तक्रिया र गोष्टीमा एकलाख, प्रचार सामाग्री तयारमा २ लाख, कार्यालय ब्यवस्थापनमा ३ लाख १० हजार, स्टेशनरी ५० हजार, सञ्चार खर्च १५ हजार, यातायात खर्च ५० हजार साधारणसभा खर्च एकलाख, लेखापरिक्षणमा १० हजार, नविकरणमा १५ हजार र कार्यालय भाडा २३ हजार उल्लेख छ ।

कार्यक्रममा संघका झापाका संस्थापक अध्यक्ष पुष्पबहादुर घले, सचिव तेजबहादुर गिरी, संस्थाका अभियन्ता इन्दिरा भट्टराई, गान्धारी मिश्र, प्रदेश नं. १ उपाध्यक्ष दुर्गादेवी चौहान, जिल्ला सदस्य रमा पाण्डे, चन्द्रबहादुर विष्ट, बिर्तामोड नगर सचिव टेकनाथ पाण्डे, अर्जुनधारा नगर अध्यक्ष खेमराज दाहाल, सचिव दिनानाथ शिवाकोटी, दमक नगर सदस्य प्रेम चापागाई सदस्य छत्र योङहाङलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *