Sajhamanch Archive

चाड पर्वलाई मध्यनजर गर्दै कमल गाउँपालिकामा बजार अनुगमन सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कमल।कमल गाउँपालिकाले आइतबारबाट बजार अनुगमन गर्न सुरु गरेको छ । अनुगमनका क्रममा टोलीले उपभोग्य मिति समाप्त भएका समान विक्री वितरण गरीरहेको अवस्थामा गाडी समेत नियन्त्रण लिएको छ ।

चाडपर्व नजिकै गर्दा बजारमा अखाद्य वस्तुका साथै उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण बढ्ने भएकोले कमल गाउँपालिकाले बजार अनुगमन सुरु गरेको हो ।

कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीको संयोजकत्वमा बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

कमल गाउँपालिका वडा नम्बर ४ को समायगढ बजारबाट अनुगमन सुरु गरेको समितीले आइतबार क्याम्पा बजार, सरङ्घपाडा, वाँसवारी लगायतका भित्री बजारको अनुगमन गरिएको अनुगमन समितिका सदस्य तुलसीप्रसाद ओझाले बताए ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका कोकाकोला, स्प्राईड, फ्रुटी, दालमोड, भुजिया, टेस्टि, पार्लेजी कोकोनट लगायत ब्राण्डका विस्कुट सामान बरामद गरी नस्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
त्यस्तै भित्री बजारलाई लक्षित गरेर सामान विक्री वितरण गरिरहेको को १ च ६९२६ नम्बरको बोलेरो पिकअपबाट समेत उपभोग्य मिति सकिएको प्mुटी, प्याप्सी लगायतका पेयपदार्थ भेटिएकोले त्यस्ता सामान समेत नस्ट गरीएको अनुगमन समितिका संयोजक बेनुप्रसाद सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा ५० हजार मुल्य भन्दा बढीको सामान नष्टगरिएको र व्यवसायीलाई पुनः यस्ता सामाग्री विक्री वितरण नगर्न र उपभोक्ताको स्वास्थ्यमा असर नपुर्याउन सचेत गराएको बताए ।
कमल गाउँपालिकाका आर्थिक समिती संयोजक नरप्रसाद दंगाल, गाउँपालिका अधिकृत तुलसीप्रसाद ओझा र रामचन्द्र गजुरेल, स्वस्थ्यशाखा प्रमुख रामचन्द्र मिश्र, उद्योग विणिज्य संधका सचिव विरेन्द्र अधिकार उपभोक्ताहित संरक्षण समितीका प्रतिनिधिलगायतको टोलीमा सहभागीता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *