कांग्रेसको हिपतम अभियान तीब्र
Published:
by .विर्तामोड । दोस्रो चरणको हिपतम अभियानमा जुटेको नेपाली कांग्रेसले अग्रज प्रजातान्त्रिक योद्धाहरुसँग सल्लाह र कार्यकर्तासँग सुझाव लिने क्रमलाई निरन्तरता दिइरहेको छ ।
वडास्तरका कार्यकर्तासम्म पुगेर समसामयिक राजनीतिमा कांग्रेसले कस्तो भूमिका खेल्ने भन्ने विषयसहित सरकारका गलत रबैयालाई लिएर देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा पुगेको कांग्रेसले अन्तरक्रिया तथा अन्तरसंवादमार्फत सुझाव लिइरहेको छ ।
अधिकांश प्रदेश क्षेत्रमा विशेष सामाजिक संवाद, विकृति÷विसंगतिविरुद्ध जागरण, जनप्रतिनिधिहरुसँग भेटघाट, युवा तथा सरोकारवाला, प्रजातान्त्रिक योद्धा, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा शहीद परिवारसँग संवादका कार्यक्रममार्फत सुझाव लिइएको हो ।
झापाका ५ संसदीय निर्वाचन क्षेत्रका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
Comments