Sajhamanch Archive

“नेपालगञ्ज घटनाबारे बुद्ध एयर बोल्यो “, हुलहुल्लज कारण विमान उडानमा ढिला भयो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्यर्वहारबारे बुद्ध एयरले मुख खोलेको छ । नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईमाथि हुलहुल्लज गर्दा उडान ढिला भएको बुद्ध एयरले स्पष्ट पारेको छ । आज नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको भए पनि एक घण्टा रोकिएको भन्ने कुरा गलत भएको बताएको छ ।

बुद्धका अनुसार मन्त्री आइसकेपछि एउटा समूह (ज्ञानेन्द्र शाही) ले हुलहुज्लत गरेका कारण उडानमा थप ढिलाई भएको जानकारी दिइएको छ । विमान कम्पनीका अनुसार हो–हल्ला हुँदा विमान समेत एकातिर ढल्किएको थियो ।

पत्रमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६–८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको भनिएको छ । पत्रमा यस्तो उल्लेख गरिएको छ, ‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।’

जारी पत्रमा उल्लेख भएअनुसार यात्रुहरुलाई ६ः३० बजे विमानमा बोर्डिङ गराइएको थियो । त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए । तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गर्नुभएको थियो । विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४–१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएको र कर्मचारीहरुसँग विवाद गरेको पत्रमा उल्लेख गरिएको छ ।

६ः५० बजे मन्त्री विमानस्थल आइपुगेपछि शाहीको समूहले मन्त्रीलाई घेरा हालेका थिए । तर मन्त्रीले संयमता अपनाउँदै चुपचाप बिमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४–५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढि वजन भएर विमान ढल्किएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *