Sajhamanch Archive

इयरफोन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी

Published: in रोचक कुरा / टिप्स, समाज by .

एक्काइसौँ शताब्दीमा विभिन्न प्रविधिहरूको उत्पादन तथा प्रयोग बढ्दै गतेको छ । यस्ता प्रविधिहरूको प्रयोगले दैनिक जीवनलाई सरल बनाउनका लागि निकै सहायता गरिरहेको हुन्छ ।
तर, यस्ता प्रविधिहरूको सही सदुपयोग गर्न नजानिएको खण्डमा मानिसको जीवनमा नकारात्मक असर पुर्याउनुका साथै स्वास्थ्यमा समेत विभिन्न समस्या निम्त्याउन सक्छ ।

त्यस्तै आफूलाई मनपरेको संगीत सुन्ने क्रममा वा डिस्टर्ब नहोस् भनेर घन्टौँसम्म कानमा इयरफोन लगाएर बस्ने गरिन्छ । इयरफोन लामो समयसम्म टिकाउन र शरीरका अंगलाई स्वास्थ्य राख्नका लागि इयरफोन प्रयोगकर्ताहरूले केही सावधानीहरू अपनाउन जरुरी हुन्छ ।
इयरफोन बिजुलीको तारहरूबाट बनेको हुँदा यसलाई पानी तथा तरल पदार्थबाट टाढै राख्नुपर्छ ।

इयरफोनलाई कहिले पनि भिजाउनु हुँदैन । इयरफोन तरल पदार्थ सुचालक भएकाले भिजेमा करेन्ट लाग्ने खतरा बढ्ने हुन्छ ।
यसका साथै मोबाइल, ल्यापटपमा चार्जर जोडेर इयरफोन सुन्नु निकै खतरनाक हुन्छ । यसरी चार्जर जोडेर इयरफोनको प्रयोगले फोन तथा ल्यापटप पड्किनुका साथै कान नसुन्ने समेत हुन सक्छ ।
इयरफोनको धेरै प्रयोग गर्दा कान दुख्नु स्वाभाविक नै हो । इयरफोनको धेरै प्रयोगबाट कानको जालीमा असर पर्ने हुदाँ सीमित मात्रामा यसको प्रयोग गर्नुपर्छ ।

लामो समय कानमा इयरफोन र हेडसेट प्रयोग गर्नाले कानलाई हानी गर्नुका साथै मस्तिष्कमा पनि असर गरिरहेको हुन्छ । धेरै बेरसम्म इयरफोनको प्रयोग गर्नाले दिमागको टिशुज नोक्सान हुन गइ मस्तिष्कसम्बन्धी विभिन्न रोगसमेत लाग्ने डर हुन्छ ।
यसका साथै इयरफोनबाट निस्किने चुम्बकीय तरंगहरूका कारण पनि व्यक्तिको दिमागमा नकारात्मक असर पर्ने हुन्छ ।

जसले गर्दा टाउको दुख्ने, निन्द्रा नलाग्ने, कम सुन्ने, एकोहोरो हुने जस्ता समस्याहरू निम्तिन थाल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनलाई कसैसँग पनि सेयर गर्नु हुँदैन ।
यसबाट किटाणु सर्ने सम्भावना तीब्र रहन्छ ।

एउटा इयरफोन धेरै जनाले प्रयोग गर्नु भनेको आफैँलाई समस्या निम्त्याउनु हो । इयरफोने सेयर गर्दा विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमणको खतरा रहन्छ ।

जसले गर्दा कान तथा छालासम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छ ।
इयरफोनलाई समय समयमा सफा गरिरहनु पर्छ । विज्ञका अनुसार कम्तीमा हप्तामा एकपटक इयरफोन सफा गर्न जरुरी हुन्छ ।
इयरफोन सफा गर्दा पानीको प्रयोग गर्न हुँदैन । कपास तथा बजारमा पाइने इयर बड वा सुख्खा टुथ ब्रसको प्रयोगले इयरफोनलाई सफा गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *