Sajhamanch Archive

कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी उपचारमा समस्या

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

इलाम । इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेपछि उपचारमा समस्या भएको छ ।

कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिए । उनीहरु करिब ५ दिन अघिदेखि बिरामी परेका हुन् ।

प्रमुख श्रेष्ठले भन्ने ‘एकैपटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानकारी दिएको छ ।

एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *