Sajhamanch Archive

जंगली च्याउ खाँदा पाँच जना बिरामी

Published: in राष्ट्रिय समाचार, समाज by .

पाल्पा । पाल्पामा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन्।

बिरामी हुनेमा रामपुर नगरपालिका वडा नं.४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

उनीहरुको रुपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ। बिरामी मध्य तीन जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। यद्यपी उनीहरुको अवस्था खतरामुक्त रहेको छ। दुई जनाको भने अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *