गर्भवतीको घरमा झण्डा, स्वास्थ्य जाँच गर्नेलाई अण्डा
Published:
by .गुल्मी । मालिका गाउँपालिकाले गर्भवतीको घरमा झण्डा र अण्डा कार्यक्रम अगाडि बढाएको छ।
यस कार्यक्रमअनुसार गर्भवतीको घरमा हरियो झण्डा राख्ने र गर्भवतीले चौथो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउनेलाई एक क्यारेट अण्डा उपलब्ध गराइने छ। गर्भवती भएको घर पहिचानका लागि घरमा हरियो झण्डा राख्ने र शून्य होम डेलिभरी बनाउनका यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।
यस्तै, गाउँपालिकाले गर्भवतीको घरदेखि स्वास्थ्य संस्थासम्म जान र स्वास्थ्य संस्थादेखि घरसम्म जान निःशुल्क पाँच वटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ। यस्तै, गाउँपालिकामा धेरै स्थानहरुमा चट्याङ पर्ने गरेकाले त्यसलाई कम गर्न चालु आर्थिक वर्षमा ती स्थानहरुको पहिचान गरी अर्थिङको व्यवस्था गर्न पाँच लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
Comments