चोरीको घटनामा संलग्न भएको आशंकामा आठ जना पक्राउ
Published:
by .गुल्मी । चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा आठ जना पक्राउ परेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि आठ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए ।
पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।
Comments