Sajhamanch Archive

अब सेवाग्राहीहरुले चन्द्रगढी धाउनु नपर्ने

Published: in राष्ट्रिय समाचार by .

कमल । ईलाका प्रशासन कार्यालय दमकबाट नभएका काम गर्नका लागी सेवा ग्राहीहरुले अब सेवा लिनका लागी जिल्ला प्रशासन कार्यालय चन्द्रगढी जानु नपर्ने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगरले विहीबार दमक नगरपालिकाको सभाहलमा झापाका माई पश्चिममाका पत्रकारसँगको भेटघाटमा उनले अवका दिनमा सेवा ग्राहीलाई सहज होस भनेर प्रत्येक हप्ताको बुधवार आफै दमक आएर सेवा दिने बताए ।ईलाका प्रशासन कार्यालय दमकबाट कतिपय काम नहुने भएकाले सामान्य कामका लागी सेवाग्राहीले चन्द्रगढीसम्म जानु पर्ने बाध्यता थियो ।

प्रजिअ रानामगरले प्रजिअ रानामगरले शान्तिसुरक्षालाई मजबुत बनाउने भ्रष्टचारलाई निरुत्साहित गर्न प्रतिबद्धता सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा ईलाका प्रशासन दमकका प्रमुख कृष्णप्रसाद आचार्य, अधिकृत यज्ञप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यलयका डिएसपी श्यामल लिम्बु,सशस्त्र प्रहरीवल तालिम शिक्षालयका प्रमुख सुधिरजङ्ग थापा लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *