Sajhamanch Archive

असोज १३ मा नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले आगामी असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् ।

खानेपानी मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिन लागेको बताइन् । उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गरिन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले जानकारी दिइन् ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाई छ । खुला दिशामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *