Sajhamanch Archive

नेपाल पत्रकार महासंघ झापा शाखा

Published: in विज्ञापन, by .

नयाँ सदस्यता आव्हान सम्बन्धी सूचना

नेपाल पत्रकार महासंघको विधान र सदस्यता प्राप्ति तथा नवीकरण कार्यविधि निर्देशिका अनुसार विद्यमान ऐन/नियम बमोजिम दर्ता भई निरन्तर प्रकाशन तथा प्रशारण भइरहेका पत्रपत्रिका, रेडियो, टिभी तथा अनलाइनमा कार्यरत झापामा क्रियाशील पत्रकारलाई मिति २०७६ साल असोज मसान्तसम्म (विदा बाहेक) कार्यालय समयमा नयाँ सदस्यताका लागि आवेदन गर्न आह्वान गरिन्छ ।

योग्यता तथा कागजात

१. पत्रकारिता वा अन्य कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा सक्रिय वा पत्रकारिता वा अन्य कुनै विषयमा प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा सक्रिय हुनुपर्नेछ । तर, महिला, आदिवासी, जनजाति, दलित, मधेसी, शारीरिक रुपमा अशक्त र अल्पसंख्यकको हकमा एक वर्षदेखि पत्रकारितामा सक्रिय भए पुग्नेछ ।

२. आवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, ऐनले तोकेको ढाँचामा सञ्चार संस्थाको नियुक्ति पत्र, परिचय–पत्रको प्रतिलिपी र कार्यरत सञ्चार संस्थाको सक्कल सिफारिस पेस गर्नु पर्नेछ । अनलाइनमा कार्यरत पत्रकारले अनलाइन दर्ता प्रमाणपत्रको प्रतिलिपी पेस गर्नुपर्नेछ ।

३. आवेदक १८ वर्ष उमेर पूरा भई झापामा क्रियाशील पत्रकार हुनुपर्नेछ ।

४. आवेदक पत्रकारको नाममा फरक–फरक मितिमा प्रकाशन/प्रसारण भएका तीन/तीन प्रति सक्कल समाचार आवेदनसाथ पेस गर्नु पर्नेछ । रेडियो र टिभीमा कार्यरतको हकमा समाचार प्रसारण भएको सिडी वा पेनड्राइभ पेस गर्नु पर्नेछ ।

५. आवेदकको प्रयोगात्मक/मौखिक परीक्षा लिन सकिनेछ ।

६. महासंघले निर्धारण गरेको फारम भरी आवेदकले स्वयम् महासंघको कार्यालयमा आई आवेदन दर्ता गर्नुपर्नेछ । रित नपुगी आएको आवेदन दर्ता हुनेछैन ।

७. आवेदन शुल्क रु. ५०० (पाँच सय रुपैयाँ) लाग्ने छ । (फिर्ता नहुने गरी)

सन्तोष आचार्य
संयोजक
सदस्यता छानविन तथा सिफारिस समिति
नेपाल पत्रकार महासंघ, झापा शाखा
सम्पर्क : ९८४२७३२९६९/०२३–५४०२०६

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *